नवलपरासीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कार्तिक ३, २०८१ | नवलपरासी

पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा आज २ जनाको मृत्यु भएको छ । २८ घाइते भएका छन् । 

कावासोती नगरपालिका १ स्थित बालुवाडाँडामा सिट क्षमता भन्दा बढि यात्रु चढेको जिप दुर्घटना भएको हो । दुर्घटनामा परि बुलिङटार गाउँपालिकाकी पवित्रा मस्रांगी र उनका भाई पवनको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा घाइते भएका मध्ये ९ जनाको अवस्था गम्भिर छ ।

 जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख यादब ढकालका अनुसार बालुवाडांडावाट कावासोती जाँदै गरेको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।   


प्रतिक्रिया