वडाअध्यक्ष बस्नेतसहित ५ जनाको मृत्यु
मंसिर १४, २०८१
रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडा भीरनजिकै जिरो किलोमा फोर्स जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । काठमाडौंबाट गोकुलगंगा गाउँपालिका–४ बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स जिप दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष ४५ बर्षीय रामचन्द्र बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा सोही गाउँपालिका ५ की ३० बर्षीया कविता कार्की खड्का र उनकी ७ बर्षीया छोरी स्वस्तिका खड्का, गाडीका चालक मन्थली नगरपालिका–१० चिसापानीका ३५ बर्षीय हिरा बहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना परि मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही गाउँपालपका–४ बेतालीकी २७ बर्षीय सरस्वती कार्की, नाम नखुलेका ४ बर्षीय बालक र कास्कीको लेखनाथ नगरपालिकाका ४२ बर्षीय केशव शर्मा घाईते भएका छन् । उनीलाई उपचारका लािग सदरमुकाम मन्थली ल्याईएको छ । फोर्स जिप अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खोचमा खसेको प्रहरीले जनाएको छ ।