नेपाल र चीनबीच विभिन्न ९ विषयमा सहयोग र सहकार्यसम्बन्धी सम्झौता

मंसिर १८, २०८१

नेपाल र चीनबीच व्यापार प्रवद्र्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न ९ विषयमा सहयोग र सहकार्यसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुई देशवीच भएको सहमतिमा टोखा–छहरे सुरुङमार्ग निर्माणम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । 

त्यसैगरी, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान, ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान गर्ने सहमति भएको छ । भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर, विकास योजनासम्बन्धी समझदारीपत्रमा सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र र नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्रमा सम्झौता भएको छ । 

प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । 


प्रतिक्रिया