सहकारी ठगी प्रकरणः पूर्वगृहमन्त्री लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश

पुस २५, २०८१ | काठमाडौं

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । अदालतको आदेशसँगै लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने बताइएको छ ।

यस्तै, सोही प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले जोशीलाई भने ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशको विस्तृत विवरण आउन बाँकी छ । सरकारी वकिलहरुको जवाफी बहससँगै सो मुद्दामा थुनछेक बहस सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि सो मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस हुँदै आएको थियो ।

प्रतिवादीहरुका तर्फबाट कानुन व्यवसायीहरुको बहसपछि हिजो सहकारीपीडितहरुका तर्फबाट कानून व्यवसायीले बहस गरेका थिए ।  


प्रतिक्रिया