बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

पुस २५, २०८१ | काठमाडौं

नेपाल राष्ट्र बैंकले आगामी माघ १ गते देखि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र चाहिने व्यवस्था गरेको छ । 

राष्ट्र बैङ्कले आज परिपत्र जारि गर्दै बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्रको नम्वर वा परिचयपत्र अनिवार्य रुपमा राख्न बैङ्क तथा वित्तिय संस्थालाई निर्देशन दिएको हो । 

सामाजिक सुरक्षालगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैङ्क तथा वित्तीय संस्थाले खाता खोल्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । 


प्रतिक्रिया