सुप्रिम सहकारी प्रकरणमा रविसहित ४२ जनालाई मुद्दा चलाउन रुपन्देही प्रहरीको सिफारिस

पुस २६, २०८१ | बुटवल

इलाका प्रहरी कार्यायले बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सुरुमा २८ र पुरक जाहेरीका थप १४ जना गरी ४२ जनालाई मुद्दा चलाउने रायसहितको प्रतिवेदन आज जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाईएको जानकारी दिनुभयो ।

प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रवन्ध निर्देशक लामिछाने, उपाध्यक्ष छबिलाल जोशी बञ्जाडेसहित ४२ जनालाई प्रतिवादी बनाउँदै तायार पारेको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रतिवादी बनाइएका सबैलाई मद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । प्रहरीले बुझाएको अध्ययन प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले अध्ययन गर्न सुरु गरेको बताइएको छ ।

पुरक जाहेरीमा उल्लेख भएका रवि लामिछाने, छविलाल जोशीसहित गोर्खा मिडिया नेटवर्क लगायत गितेन्द्रबाबु राईसँगपनि जोडिएका विभिन्न ११ कम्पनी र त्यसमा संलग्न व्यक्तिलाई प्रतिवादी बनाउन आफूहरुले सुझाव दिएको प्रहरी नायव उपरीक्षक पण्डितले बताउनुभयो । 


प्रतिक्रिया