सम्पत्ति शुद्धिकरणको मामिलामा नेपाल जोखिमपूर्ण सूचिमा पर्ने सङ्केत

माघ १४, २०८१ | काठमाडौं

नेपाल सम्पत्ति शुद्धिकरणको मामिलामा जोखिमपूर्ण मुलुकको सूचिमा पर्ने सङ्केत देखिएको छ ।

सम्पत्ति शुद्धिकरणको मामिलामा अनुगमन गर्ने निकाय फाइनान्सियल एक्सन टास्क फोर्सले तय गरेका सर्तका आधारमा नेपाल ग्रे लिस्टमा पर्ने देखिएको हो । सो निकायले सार्वजनिक गर्ने ब्ल्याक लिष्टमा पर्नुअघि उच्च निगरानीको सूचिमा पर्ने मुलुकलाई ग्रे लिष्टमा परेको मानिन्छ ।

सम्पत्ति शुद्धिकरण निवारण प्रथम राष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल ग्र लिस्टमा पर्न सक्ने सङ्केत गर्नुभएको हो । नेपाल ग्रे लिस्टमा जाने अवस्था देखिएपनि आवश्यक कानुन र नियमावली बनिसकेकाले त्यसबाट बाहिर आउने आधार भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले वित्तीय अपराध न्युनिकरणका लागि सबै पक्षले मिलेर काम गर्नुपर्ने बताउनुभयो । वित्तीय क्रियाकलापमा पारदर्शिता सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता भन्ने नारा सहित प्रथम राष्ट्रिय दिवस मनाइएको हो ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । 


प्रतिक्रिया