कुमारी सहकारीमा डेढ अर्ब हिनामिना गर्ने ५ जना पूर्पक्षकालागि कारागार चलान

फाल्गुन २१, २०८१ | पोखरा

म्याग्दीको बेनी स्थित कुमारी बहुउद्धेस्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गर्ने ५ जना लाई जिल्ला अदालतले पुर्पक्षकालागि कारागार पठाउने आदेश गरेको छ ।

बुधवार जिल्ला न्यायधिस प्रकाश प्रसाद पण्डितको इजलाशले कुमारी सहकारीमा आर्थिक हिनामिना गर्नेलाई पूर्पक्षकालागि कारागार पठाउने आदेश गरेको हो । अदालतका श्रेष्तेदार भोलाराज रेग्मीका कुमारी सहकारीका हर्ताकर्ता एवं एमाले नेता राजकुमार थापा सहित प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिएका सबै ५ जनालाई कारागारमा थुनामा राखेर अनुसन्धान गर्न आदेश भएको हो । पक्राउ परेका सहकारीका पूर्व अध्यक्ष मुटूरोगि थमबहादुर गर्बुजा मुटु रोगि भएका छुटेका छन । उनि पक्राउ परेकै दिनदेखि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत थिए ।

कुमारी सहकारीका संचालक समिति र ब्यबस्थापकको समेत मिलोमतोमा करिब १ अर्ब ५० करोड हिनामिना गर्ने ७ जना २९ दिन अघि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । कुमारी सहकारीको रकम हिनामिना गर्ने मुख्य योजनाकार एवं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा एक्लैले १७ करोड ५८ लाख हिनामिना गरेको भन्दै उनि बिरुद्ध अदालतमा मुद्धा दायर भएको थियो । उनलाई ८ वर्ष कैद सजाय माग गरिएको छ ।

ब्यबस्थापक रुद्रबहादुर गुरुंग १३ करोड५२ लाख , पूर्व कोषाध्यक्ष बालकुमार रोकामगरलाई ८ करोड ३२ लाख बिगो जरीवाना मागेर मुद्धा दर्ता भएको हो । कुमारी बहुउद्धेस्यीय सहकारी संस्थाको डेढ अर्ब हिनामिनामा २५ जना संलग्न भएको ठहर गर्दै गण्डकी प्रदेश सहकारी रजिस्टारको कार्यालय पोखराले ९ महिना अघि प्रारम्भिक छानविन गरेर प्रतिबेदन सार्वजनिक गरेको थियो । सहकारीको रकम हिनामिनामा संलग्न अन्य १९ जना भने फरार रहेका छन ।


प्रतिक्रिया