माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

फाल्गुन २६, २०८१ | काठमाडौं

प्रमुख प्रतिपक्ष माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा विकसित राजनीतिक घटनाक्रम तथा पार्टीले चलाएको एक महिना अभियान लगायत विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

बैठक मुख्यत काठमाडौंमा राजावादी पक्षधरले गरेको कार्यक्रमबारे केन्द्रित रहने बताइएको छ ।

पछिल्लो समय राजावादी शक्तिहरुको सक्रियता बढेसंगै माओवादी केन्द्रले झापाबाट सुरु गरेको जनतासंग माओवादी, तराई मधेश जागरण अभियान केही दिनका लागि स्थगित गरी काठमाडौं फर्किएको हो । 

पूर्वराजा साहको स्वागतमा काठमाडौंमा प्रदर्शन भएपछि माओवादी केन्द्रसहितका दलहरु संविधान र गणतन्त्र संकटमा परेको भन्दै एक ठाउँमा उभिएका छन् । 

बैठकमा संविधान कार्यान्वयन, सुशासन लगायत विषयमा सरकारले गर्नुपर्ने काम र दलहरुबीचको एक्यैवद्धताबारे छलफल हुने नेताहरुले बताएका छन् । यस्तै, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारीका विषयमा समेत छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।


प्रतिक्रिया