आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सहमति नजिक, शिक्षक नेता सिंहदरबारमा

वैशाख १७, २०८२

विभिन्न माग राख्दै २८ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षक र सरकारबीच आज पनि वार्ता हुँदैछ । हिजो अबेर रातिसम्म भएको वार्ता सहमति निकट पुगेको र अहिले केहीबेरमा हुने वार्तामा सहमति हुन सक्ने नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले बताउनुभयो । उहाँले शिक्षा मन्त्रालय आफूहरुको मागमा सकारात्मक देखिएकाले वार्ता सहमति उन्मुख भएको बताउनुभयो ।

वार्तामा सहभागी दुवै पक्षले गएराति भएको सहमतिमा आज थप छलफल गरी औपचारिक घोषणा गर्ने तयारी भएको जनाएका छन् । शिक्षकले उठाएका मागमध्ये मन्त्रिपरिषद्बाट निर्णय गराउन सकिने मागलाई सरकारले तत्कालै पुरा गर्ने सहमति भएको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताउनुभयो । तत्काल पूरा गर्न सकिने मागमा मन्त्रीपरिषद्ले निर्णय गरे पनि विद्यालय शिक्षा ऐनका विषयमा भने आज थप छलफल हुने प्रवक्ता सापकोटाले बताउनुभयो । शिक्षा विधेयक अहिले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलकै क्रममा छ । छलफलकै क्रममा रहेकाले शिक्षक नेताहरुले दलका सचेतकसँग थप छलफल गर्ने बताएका छन् । सहमति खोज्न उनीहरुले आज सत्तारुढ दलका मुख्य सचेतकसँग छलफल गरेपछि मात्रै आन्दोलन टुंगिने शिक्षक महासंघले जनाएको छ ।

मन्त्रिपरिषद्बाट निर्णय गराउने मागमा शिक्षक तथा कर्मचारीको उपचारका लागि सातै प्रादेशिक अस्पताल र काठमाडौँस्थित सिभिल अस्पतालमा सहुलियत सुविधाको व्यवस्था हुनुपर्ने उल्लेख छ । त्यस्तै राहत, अस्थायी, करार, साबिक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिदाको सञ्चित हुने र त्यस बिदा बापतको रकम अवकाश हुँदा एकमुस्ट प्रदान गर्नुपर्ने लगायत उनीहरुको अर्को माग छ । यद्यपि, हिजो सहमति भएका ती मागमा केही थपघट हुनसक्ने शिक्षा मन्त्रालयका प्रवक्ता सापकोटाको भनाई छ । 

प्रतिक्रिया