कर्णालीका स्थानीय तहका कर्मचारीहरु आन्दोलित

जेष्ठ ९, २०८२

कर्णालीका स्थानीय तहका कर्मचारीहरु आन्दोलित बनेका छन् । प्रदेशका ७९ वटै स्थानीय तहका कर्मचारीहरु आन्दोलित बनेका हुन् । विभिन्न स्थानीय तहका १ सय ५० बढी कर्मचारीहरु प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर पुगेका छन् । प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा संशोधन नगरेको र आफूहरुमाथि विभेदपूर्ण नीति अपनाएको भन्दै उनीहरु आन्दोलनमा छन् । 

उनीहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गराएर स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालको आह्वानमा उनीहरु आन्दोलित बनेका हुन् । कालिञ्चोकबाट र्याली सहित आन्दोल सुरु गरेका उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि पुगेका थिए ।

हिजो पनि उनीहरुले विरोध प्रदर्शन गरेका थिृए । २०७६ यता नियुक्त भएका चौथो, पाचौं र छैटौं तहका कर्मचारीहरुको सेवा सुविधा तथा पदोन्नतिमा भइरहेको विभेद अन्त्यको माग गर्दै आन्दोलन सुरु गरिएको स्थानीय सेवा सञ्जाल कर्णालीका सह–संयोजक एवं आन्दोलन संयोजक ओमप्रकाश नेपालीले बताउनुभयो । 


प्रतिक्रिया