लुम्बिनीमा आजदेखि प्रि–बजेट छलफल सुरु हुँंदै

जेष्ठ १३, २०८२ | दाङ
लुम्बिनी प्रदेश सभामा प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा आजबाट छलफल सुरु हुने भएको छ । प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित प्रदेश विनियोजन विधेयक,का सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
छलफलमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गर्न लागेको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमका आधारबारे विचार विमर्श गरिनेछ ।
यसअघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नु भएको थियो । प्रदेश सभाका सदस्यले आजबाट सो प्रस्तावमाथि आ–आफ्ना सुझाव र धारणा राख्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले आगामी बजेटमा सामाजिक क्षेत्रको सुदृढीकरण, कृषि र पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, रोजगारी सृजना, शिक्षा तथा स्वास्थ्यमा लगानी, जलवायु परिवर्तनको सामना तथा समावेशी विकास जस्ता विषयलाई प्राथमिकता दिने तयारी गरेको छ ।