जीप दुर्घटनामा टेलिकम बाजुराका प्रमुखसहित तीन जनाको मृत्युु

जेष्ठ १३, २०८२ | धनगढी
बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा आज भएको दुुर्घटनामा टेलिकम बाजुरा कार्यालयका प्रमुख लालबहादुर खड्कासहित ३ जनाको मृत्यु भएको छ । बाजुुराको ढम्कने टावरमा कार्यरत सुरक्षागार्ड रबीन्द्र धामी र जीप चालक कञ्चनपुरका करनसिंह महतराको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले बताउनुभयो । नेपाल टेलिकम अत्तरियाको जीप दुर्घटना हुँदा बुढीनन्दा नगरपालिका २ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोल्टी पठाइएको स्थानीय दीपक कार्कीले बताउनुभयो ।
स्थानीय कार्कीका अनुसार जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । कार्कीका अनुसार काँडाकोटमा रहेको नेपाल टेलिकमको टावरको ब्याट्री फेर्नका लागि मार्तडीबाट प्रमुख खड्कासहितको टोली काँडाकोट जाँदै थियो । टावर नजिकै पुुग्दा जीप दुर्घटनामा परेको हो ।