बुटवलमा तीन जनाको सामूहिक हत्या

जेष्ठ १४, २०८२ | तिलोत्तमा
रुपन्देहीको बुटवलमा एकै परिवारका तीन जनाको सामूहिक हत्या भएको छ । बुटवल उपमहानगरपालिका–११, मिलीजुलीपथमा आज बिहान आमा, छोरा र छोरीको हत्या भएको हो ।
आमा ३३ वर्षीया दीपा बस्यालसहित छोरी ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
अनुसन्धानका लागि प्रहरीले दीपाका पूर्वश्रीमान सुरज कोइरालालाई नियन्त्रणमा लिएको छ । दीपा र सुरज सम्बन्ध विच्छेदपछि छुट्टै बस्दै आएका थिए । यद्यपि, घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीको भनाइ छ ।