४० घण्टापछि दाउन्नेमा यातायात सुचारु

असार ५, २०८२ | नवलपरासी

बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा ग्राइभेल राखेर केहिबेर अघिवाट यातायात सुचारु भएको छ ।

जिल्ला प्रहरीका डिएसपी मुधु नेपालले दाउन्नेको दल्दल हिलोमा ग्राभेल राखेर यातायात सुचारु गराएको जानकारी दिनुभयो ।

आज दिउँसोवाट दाउन्नेको विश्कर्मा मन्दिरको दलदल हिलोवाट गाडि निकाल्न ग्राभेल राख्न शुरु भएको थियो । वर्षा रोकिएका कारण ग्राभेल हाल्न सजिलो भएसँगै ४० घण्टादेखि रोकिएका गाडि गन्तब्य तर्फ हिँडेका छन् ।

तत्कालका लागि दुम्कीवासदेखि पश्चिम खुर्सानी खोलासम्मको भागमा ग्राभेल हालेर जाम हुन नदिनेगरि काम शुरु गर्न आयोजना प्रमुख ढकाल सहितको बैठकले आज दिउँसो ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको थियो ।  


प्रतिक्रिया