दाउन्नेमा ठुला र मालबहाक सवारी सञ्चालनमा रोक

असार ७, २०८२ | नवलपरासी

पुर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास दाउन्ने खण्डमा ठुला र भारी सवारी सञ्चालनमा रोक लगाइएको छ । दाउन्ने खण्डमा सडक चिप्लो र डाइभर्सनमा गाडी फस्ने समस्या भएपछि सडक विभाग र प्रशासनले सो निर्णय गरेको हो ।

निर्माणाधिन नारायणघाट बुटवल सडकको दुम्कीबास स्थित विनयी खोला पुलको डाईभर्सन सडक वर्षाले बारम्बार बगाईरहेकोले नयाँ पुल सञ्लनमा नआउँदासम्म मालबहाक सवारी सञ्चालनमा रोक लगाइएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भबिस्वर पान्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले दाउन्ने खण्डको केही स्थानहरुमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेको छ । आयोजनाले सूचना जारी गर्दै यो सडक खण्डमा साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका सवारी संचालनमा रोक लगाइएको जनाएको छ ।   


प्रतिक्रिया