बिनयी खोलमा नवनिर्मित पुलमा यातायात संचालन

असार १९, २०८२ | नवलपरासी
पूर्वी नवलपरासी अन्तर्गत दुम्कीवासस्थित बिनयी खोलमा नव निर्मित पुलवाट यातायात संचालन भएको छ ।
बुटवल नारायणगढ सडक आयोजना पूर्वी खण्डका प्रमुख इन्जिनियर इश्वर बहादुर रिजालका अनुसार मध्यान्ह्बाट बिनयीको पक्कि पुलवाट यातायात संचालन भएको हो । यो पुलवाट एक पटकमा ४० टनमात्र मालसामान ढुवानी हुन सक्ने उहाँले जानकारी दिनुभयो । बिनयीको पक्कि पुलवाट यातायात संचालन भएपछि मालबहाक गाडि समेत यहि पुल हुदै वारपार गरेका छन् । आजवाट डाइभर्सन हुदै आउजाउ गर्न पर्ने बाध्यता हटेको छ ।
गत पुस २६ गते बिनयीमा रहेको फलामे पुल भाच्चिएपछि यहाँबाट ओहोरादोहार गर्ने मालबहाक गाडिलाई डाइभर्सनबाट आउजाउ गराइदै आएको थियो । बर्दघाट दुम्कीवास बिचको १४ किलोमिटर सडक खण्डमा दाउन्ने पर्दछ । त्यस मध्ये बर्दघाट तर्फको ३ किलोमिटर सडक कालोपत्रे भैसकेको छ ।
महेन्द्रराजमार्गको दाउन्ने सडक खण्ड हुदै ओहोरादोहार गर्ने सवारी साधान दाउन्नेमा जाममा पर्ने समस्या भने टरेको छैन । २ सय ४५ मिटर लामो पुल गत जेठ २४ गते ढलान भएको थियो । महेन्द्रराजमार्गको दाउन्ने खण्डमा दैनिक सरदर १८ हजार गाडि आउजाउ गर्छन ।