तीन वटा संसदीय समितिको बैठक बस्दै

श्रावण ७, २०८२ | काठमाडौं

संघीय संसदका विभिन्न तीन वटा संसदीय समितिको बैठक आज बस्दैछ । सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ । 

लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सम्बन्धी उजुरीउपर छलफल’ हुने कार्यसूची रहेको छ । यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण सम्बन्धमा पजि छलफल हुने समितिले जनाएको छ । 

विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

संघीयता सबलीकरण समितिमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुने कार्यसूची रहेको छ ।


प्रतिक्रिया