सैन्य कारबाहीमा हमासका सशस्त्र विभागका प्रवक्ता अबु ओबेदा मारिएको इजरायलको दाबी

रेडियो कान्तिपुर संवाददाता

भाद्र १६, २०८२

काठमाडौँ । इजरायली सैन्य आक्रमणमा परि हमासका सशस्त्र विभागका प्रवक्ता अबु ओबेदाको मृत्यु भएको छ । 

इजरायली रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमा लेख्दै त्यसको पुष्टि गर्नुभएको हो । उहाँले सैन्य कारबाहीलाई उत्कृष्ट प्रस्तुती भन्दै इजरायल रक्षा बल (आईडीएफ) र इजरायलको सुरक्षा एजेन्सी, शिन बेटलाई बधाई दिनुभएको बीबीसीले जनाएको छ । यता, हमासले भने प्रवक्ता ओबेदाको मृत्युको पुष्टि गरेको छैन । 

यद्यपी, हमासले यसअघि गाजा शहरको घना आबादी भएको अल–रिमालस्थित एक आवासीय भवनमा इजरायली हवाई आक्रमणमा परी कम्तिमा १० जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको थियो । गाजा शहरमा योजनाबद्ध इजरायली आक्रमणको योजना चलिरहेको बेला इजरायली सेनाले शनिबार हवाई आक्रमणको गरेको हो ।


प्रतिक्रिया