संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न संसद सचिवालयको आग्रह

भाद्र ३०, २०८२ | काठमाडौं
आन्दोलनको क्रममा संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न संसद सचिवालयले आग्रह गरेको छ ।
भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवनमा व्यापक क्षति भएको थियो । संसद सचिवालयले सूचना जारी गर्दै भवनका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामाग्री अनधिकृत व्यक्तिले लगेको बताएको छ ।
ती सामान आफूसँग भए फिर्ता गर्न र सामान रहेको स्थान तथा व्यक्तिको नाम ठेगाना जानकारी भए सूचना दिएर सहयोग गर्न सचिवालयले आग्रह समेत गरेको छ ।