रुससँग गुमाएको सबै भूमि युक्रेनले फिर्ता पाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाई

आश्विन ८, २०८२ | काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धमा युक्रेनले गुमाएको आफ्नो सम्पूर्ण भूमि सहित यसको मूल रूपमा फिर्ता पाउन सक्ने दाबी गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक प्लेटफर्म ट्रुथमा लेख्दै यदि युरोप र नेटोले रुसमाथि आर्थिक दबाब दिएमा युक्रेनले आफ्नो सम्पूर्ण जमिन फिर्ता पाउन सक्ने उल्लेख गर्नुभएको हो ।

राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको वार्तापछि यस्तो टिप्पणी आएको हो ।

ट्रम्पको सो भनाइले रुस–युक्रेन युद्धमा उनको पक्षधरतामा ठूलो परिवर्तन आएको बीबीसीले जनाएको छ । 


प्रतिक्रिया