प्रत्यक्ष कार्यकारी चुन्ने व्यवस्थाका लागि चुनावमा सहभागी हुन मन्त्री पुनको आग्रह

आश्विन १०, २०८२ | काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रत्यक्ष कार्यकारी चुन्ने व्यवस्था चाहने हो भने चुनावमा सहभागी हुन आग्रह गर्नु भएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा आज बिहान स्टाटस लेख्दै उहाँले मतबाट पुराना नेतालाई पराजित नगरेसम्म प्रत्यक्ष कार्यकारीको सपना पुरा नहुने उल्लेख गर्नु भएको हो । 

पुराना नेताहरू फालेर युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव नहुने भएकाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कन्द्रीत हुन मन्त्री पुनले अपिल गर्नुभएको छ । जेनजी आन्दोलको मागमध्येको प्रत्यक्ष रूपमा चुनिएको सरकार प्रमुख हुनुपर्ने विषयमा मन्त्री पुनले निर्वाचन मार्फत माग पुरा हुने बताउनुभएको हो । 

यसअघि हिजो प्रधानमन्त्री सुशीला कार्कीले शासकीय स्वरूप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने र संविधान संशोधन वर्तमान सरकारको कार्यक्षेत्रभित्र नपर्ने बताइसक्नु भएको छ । राष्ट्रका नाममा हिजो सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनपछि मात्रै संविधान संशोधन हुनसक्ने बताउनु भएको थियो । 


प्रतिक्रिया