राजनीतिक सम्बन्धका आधारमा सुशासनमा भएका अवरोध तोडिन्छ : गृहमन्त्री अर्याल

आश्विन १०, २०८२ | काठमाडौं
गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक सम्बन्धका आधारमा विगतमा भएका गल्तीहरु सच्याएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निरीक्षणपछि सञ्चारकर्मीसँग मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा सुशासनका अवरोधहरु तोडिने बताउनुभयो ।
उहाँले सरकार चुनाव गराउने दायित्वसहित आएकाले सरकारको म्यान्डेन्ट सुशासन भएको जिकिर गर्नुभयो । सुशासन नभए शान्ति सुरक्षा नहुने र शान्ति सुरक्षा नभए ६ महिनाभित्र निर्वाचन नहुने भन्दै उहाँले सुशासन दिनैपर्ने उल्लेख गर्नुभयो । मन्त्री अर्यालले सुशासन नभएकै कारण यसअघिका सरकारको म्यान्डेन्ट बीचमै भंग भएको बताउनुभयो ।