आयोजना कार्यान्वयनका विषयमा ऊर्जामन्त्री घिसिङ र जापनका राजदूतबीच छलफल

रेडियो कान्तिपुर संवाददाता

आश्विन १०, २०८२ | काठमाडौं

अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री घिसिङलाई राजदूत माएदाले जापानका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

 भेटमा उहाँहरुबीच द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्थालगायतका विषयमा छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । 

मन्त्री घिसिङले विद्युत् क्षेत्रमा रणनीतिक महत्वका ६ सय ७० मेगावाटको दूधकोशी, १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी, काठमाडौं उपत्यकाको एक सय वर्षको सहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयारीलगायतका सम्भावित क्षेत्रमा सहायता उपलब्ध गराउन आग्रह गर्नुभयो । सो अवसरमा राजदूत माएदाले नेपालका रणनीतिम महत्वका ठूला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार रहेको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया