भारतसँगको मैत्रिपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय महिला प्रारम्भिक टोलीको घोषणा

रेडियो कान्तिपुर संवाददाता

आश्विन १०, २०८२ | काठमाडौं

अर्को महिना भारतसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय महिला प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटवल संघ एन्फाले आज ३५ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । प्रारम्भिक चरणमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, लीला जोशीसहित पाँच जना गोलकिपर बोलाइएको छ । डिफेन्डर निशा थोकर, पूजा राना मगर, हीरा भुजेललगायत १० खेलाडी समावेश छन् । 

चोटका कारण लामो समय मैदान बाहिर रहेकी हीराले राष्ट्रिय टिममा पुनरागमन गरेकी हुन् । मिडफिल्डमा सविना राना मगर, अनिता बस्नेत, रेनुका नगरकोटी, सरू लिम्बु, प्रिती राई, अनिता केसी, सेनु परियार, सुक्रिया मिया गरेर १४ खेलाडी अटाएका छन् । 

चोटबाट रिकभर हुँदै दीपा शाहीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएकी छन् । फरवार्डमा सावित्रा भण्डारी, रश्मी घिसिङ, रेखा पौडल, पूर्णिमा राई, निमा देउवा र जेनिफर मगर छन् । एन्फाले हिजो मात्र महिला टिमको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको थियो । नेपालले कात्तिक ९ गते सिक्किममा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । यहि असोज १९ गतेदेखि टोलीको अभ्यास सरु हुने प्रशिक्षक न्यौपानेले जानकारी दिएका छन् । 


प्रतिक्रिया