जेन–जी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार

आश्विन ३१, २०८२ | काठमाडौं

जेन–जी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्दार गरिएको नेपाली सेनाले जनाएको छ ।

 गत भदौ २३ गतेको जेन–जी आन्दोलन र भोलिपल्ट उत्पन्न घटनाक्रमका बारेमा पत्रकार सम्मेलन गर्दै सेनाले यसबारे जानकारी गराएको हो । नेपाल प्रहरीका २३ कर्मचारीको पनि हवाई उद्दार गरिएको र जमिनबाट १२९ जनालाई उद्दार गरिएको सेनाले जनाएको छ । 

सेनाका युद्धकार्य निर्देशक अनुपजंग थापाले आफूहरुको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकतामा रहेको बताउनुभयो । भदौ २४ गतेको घटनामा सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता र उनीहरुका परिवारका साथै मन्त्रीहरुलाई उद्दार गरी सुरक्षित स्थलमा पु¥याएको थियो । 

जेन–जी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण ७६ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया