विषम परिस्थितिमा एकतावद्ध हुन सबै पक्षलाई नेपाली सेनाको अपिल

आश्विन ३१, २०८२ | काठमाडौं
नेपाली सेनाले जेन जी आन्दोलनका क्रममा आवश्यकताको सिद्धान्त अनुसार असल नियत राखेर मुुलुकमा शान्ति सुरक्षा वहालीका लागि कदम चालिएको बताएको छ ।
आन्दोलनमा राष्ट्रिय सेनाको भूमिकालाई लिएर विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला सेनाले शान्ति सुरक्षाका लागि सही अभिप्राय राखेर काम गरिएको प्रष्टीकरण दिएको हो । आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका युद्ध कार्यविभाग प्रमुख, उपरथी अनुपजंग थापाले असहज अवस्थामा सबै पक्ष मिल्नुपर्ने र नेपाली सेना समेत राष्ट्रिय हितका लागि प्रतिवद्ध रहेको बताउनुभयो । नेपाली सेनाले विषम परिस्थितिमा एकतावद्ध हुन सबै पक्षलाई अपिल गरेको छ ।
यसैबीच, सेनाले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिबारे विवरण सार्वजनिक गरेको छ । सेनाका अनुसार आन्दोलनमा २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र अन्य ४१ जनाको मृत्यु भएको छ । त्यस्तै, सुरक्षाकर्मीबाट ९ सय ७८ हातहतियार लुटिएकोमा ५ सय ८६ हतियार मात्र बरामद र फिर्ता भएको नेपाली सेनाले जनाएको छ । तोडफोड र आगजनीमा सबैभन्दा धेरै ६ सय ८८ वटा सरकारी कार्यालयमा क्षति पुगेको सेनाको भनाइ छ ।