जेनजी अगुवा मिराज ढुङ्गानाद्वारा नयाँ दल खोल्ने घोषणा

कार्तिक १, २०८२ | काठमाडौं
जेनजी अगुवा मिराज ढुङ्गानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्नुभएको छ । काठामडौंमा पत्रकार सम्मेलन गर्दै ढुङ्गानाले नयाँ दल खोल्ने बताउनुभएको हो । अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा संगठीत भएर अघि बढ्न नयाँ दल गठन लागिएको ढुङ्गानाले बताउनुभयो । यद्यपि आगामी फागुन २१ मा हुने तय भएको निर्वाचनमा भने सहभागी नहुने उहाँले उल्लेख गर्नुभयो ।
आफूहरुले अघि सारेका मागबारे सरकारले सम्बोधन नगरेसम्म चुनावमा भाग नलिने ढुङ्गानाले बताउनुभयो । निर्वाचनमा सहभागी हुनु अघि सरकारले प्रत्यक्ष निर्वाचित कार्यकारी, विदेशमा रहेका नेपालीले मातदान गर्न पाउनुपर्ने विषय आफ्नो बटमलाइन भएको उहाँको भनाइ छ ।
नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेपछि उहाँले पार्टीको नाम भने सार्वजनिक गर्नुभएको छैन । यस्तै, व्यवसायी वीरेन्द्र बस्नेत सहितको समूहले भने ’गतिशील लोकतान्त्रिक पार्टी’ नामक नयाँ पार्टी गठन गरेको छ ।