नेपाली कांग्रेसद्वारा विपक्षी दलहरुको बैठक आवहन

रेडियो कान्तिपुर संवाददाता

वैशाख १६, २०८३ | काठमाडौं

नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आज मध्यान्ह १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा दलहरूको बैठक बस्ने बताइएको छ । 

सरकारले अध्यादेश ल्याएको विषयमा विपक्षी दलहरुबीच साझा धारण बनाउन बैठक बस्न लागेको नेताहरुले बताएका छन् । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ । बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदमबारे साझा रणनीति लगायत एजेण्डामा छलफल गर्ने तयारी रहेको बुझिएको छ । 

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । हिजो प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ अध्यादेश पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो ।


प्रतिक्रिया