रास्वपाले बोलायो संसदीय दलको बैठक

रेडियो कान्तिपुर संवाददाता

वैशाख १६, २०८३ | काठमाडौं

रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेपछिको अवस्थामा रास्वपाले संसदीय दलको बैठक बोलाएको हो । 

सदन छलेर अध्यादेश ल्याउन खोजिएको भन्दै पार्टीकै सांसदहरूले विरोध गरेपछि बैठक बोलाइएको हो । काठमाडौंमा उपलब्ध सांसदहरूलाई रास्वपा सभापति रवि लामिछानेले बैठकमा बोलाउनुभएको बताइएको छ । 

प्रवक्ता मनिष झाका अनुसार संसदीय दलको कार्यालयमा बैठक सुरू भएको छ । बैठकमा अध्यादेश, बजेट अधिवेशन र संसदीय समितिको प्रभावकारिताबारे छलफल हुने बताइएको छ । अध्यादेशको विरोधमा रास्वपाकै सांसदहरूले टिप्पणी गर्न थालेपछि संसदीय दलको बैठक डाकिएको हो ।


प्रतिक्रिया