चीन जापानको सम्बन्धमा दरार

मंसिर २, २०८२ | काठमाडौं

ताइवानको विषयमा मतभिन्नता भएसंगै चीन र जापानको कुटनीतिक सम्बन्धमा दरार आएको छ ।

चीनले आफ्नो अंश मान्दै आएको ताइवान प्रति जापानका प्रधानमन्त्री सानै ताकाइचीले प्रतिक्रिया दिएसंगै दुई मुलुकबीच सम्बन्ध थप चिसिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यो संगै जापानले आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न निर्देशन दिएको छ ।

त्यस्तै, चीनमा भएका आफ्ना नागरिकलाई समेत सचेत रही भीडभाडबाट जोगिन सूचना जारी गरेको छ । 


प्रतिक्रिया