ट्रम्पको २० बुँदे योजनालाई राष्ट्रसंघीय सुरक्षा परिषदले समर्थन गर्ने

मंसिर २, २०८२ | काठमाडौं

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले गाजापट्टीका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे योजनालाई समर्थन गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । 

सो योजनामा अन्तर्राष्ट्रिय स्थिरता बल (आईएसएफ) को स्थापना पनि समावेश छ ।

सो प्रस्तावलाई बेलायत, फ्रान्स र सोमालियासहित १३ देशले समर्थन गरेको बीबीसीले जनाएको छ । प्रस्तावको विपक्षमा एउटा पनि मत परेन । 

यद्यपि, मतदानको क्रममा रुस र चीन अनुपस्थित रहे । 

यता हमासले सो प्रस्तावलाई अस्वीकार गर्दै प्यालेस्टाइनको अधिकार र माग पूरा गर्न असफल भएको जनाएको छ ।  


प्रतिक्रिया