संसद पुर्नस्थापना गर्ने एमाले अध्यक्ष ओलीको दाबी

मंसिर २७, २०८२ | काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन असंवैधानिक भएको भन्दै संसद् पुनस्र्थापना गरी लोकतन्त्रलाई फर्काएरै छाड्ने दाबी गर्नुभएको छ ।

एमालेको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले सरकार गठन असंवैधानिक भएको भन्दै संसद् पुनस्र्थापना गरी लोकतन्त्रलाई फर्काएरै छाड्ने बताउनुभएको हो । अध्यक्ष ओलीले निर्वाचन गर्ने म्यान्डेट पाएको सरकारले निर्वाचन गराउने उद्देश्य नभएको भन्दै तत्काल संसद् पुनः स्र्थापना हुनुपर्ने बताउनुभयो ।

सरकारले सबै राजनीतिक दलको मन जितेर संवादमा ल्याउनुपर्नेमा निषेध गर्ने गरी अघि बढेको आरोप उहाँले लगाउनुभयो । अध्यक्ष ओलीले सुरक्षित वातावरणमा निर्वाचन गराओस् भन्ने आफूहरूको भनाइ भए पनि निर्वाचनको सुनिश्चितता गर्न सरकारले नसकेको आरोप लगाउनुभयो । 


प्रतिक्रिया