मेस्सिको कोलकाता भ्रमणमा तनाव

मंसिर २७, २०८२ | काठमाडौं

भारतमा अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई हेर्न उपस्थित भएका समर्थकले तोडफोड गरेका छन् । 

कोलकातास्थित साल्ट लेक स्टेडियममा छोटो समयका लागि मात्र मेस्सी उपस्थित भएको र राम्रोसँग देख्न नपाएको भन्दै आक्रोशित बनेका समर्थकले तोडफोड गरेका हुन् । आक्रोशित दर्शकहरुले स्टेडियमका सीटको तोडफोड गरेका हुन् भने पानीका बोतलहरु मैदानमा फालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

 महङ्गो मुल्यको टिकट काटेर स्टेडियममा पुगेका समर्थकहरुले विशिष्ट अतिथि र आयोजकका कारण मेस्सिलाई देख्न नपाएको गुनासो गरेको समाचारमा जनाइएको छ । घटनापछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सार्वजनिक रुपमा क्षमा माग्दै घटनाको अनुसन्धान गर्नका लागि समिति गठन गर्ने प्रतिबद्धता जनाएको समाचारमा उल्लेख छ । 

कोलकाताबाट शुरु भएको मेस्सिको भ्रमण अब हैदराबाद, मुम्बई र नयाँ दिल्लीमा केन्द्रीत हुने बताइएको छ ।    


प्रतिक्रिया