निर्वाचित भएपछि ओलीको बोली– “म माथि भौतिक हमला हुन सक्छ”

रेडियो कान्तिपुर संवाददाता

पुस ३, २०८२ | काठमाडौं

एमाले अध्यक्ष केपी ओलीले पार्टी नेतृत्वमाथि भौतिक हमला हुन सक्ने भन्दै त्यसको प्रतिवाद गरिने बताउनुभएको छ । केन्द्रिय कमिटीको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले नेतृत्वमाथि आक्रमण भए देश ठप्प पार्नुपर्ने बताउनुभयो । जेन जी आन्दोलनमा भएका घटनाबारे छानविन गर्न गठित आयोगले बयानका लागि बोलाउने तयारी गरिरहेका बेला ओलीको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो । उहाँले गौरीवहादुर कार्की नेतृत्वको आयोग स्वीकार्य नभएको र अर्को स्वतन्त्र आयोग बनाउनुपर्ने बताउनुभयो । 

अर्को प्रसंगमा ओलीले पार्टीलाई एकतावद्ध बनाउन अघि बढ्न आग्रह गर्नुभयो । देशमा अराजकता मच्चाउन खोजिएको भन्दै उहाँले टोल–टोलमा सुरक्षा समिति बनाउनुपर्ने समेत बताउनुभयो । 


प्रतिक्रिया