नयाँ शक्तिहरु मिल्नुको विकल्प छैन : मन्त्री घिसिङ

रेडियो कान्तिपुर संवाददाता

पुस ९, २०८२ | काठमाडौं

अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्वाचनमा सबै नयाँ शक्ति मिलेर जानुपर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौं महानगरका मेयर बालेन्द्र साह लगायत बीच आगामी चुनावका लागि एकता गरेर जाने बिषयमा सम्वाद अघि बढिरहेका बेला मन्त्री घिसिङले नयाँ शक्तिहरु मिल्नुको विकल्प नभएको बताउनुभएको हो । 

उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका मन्त्री घिसिङले आफू राजनीतिमा सक्रिय भइसकेको बताउनुभयो ।  सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा  मन्त्री घिसिङले सम्पत्ति विवरण मन्त्रिपरिषदमा बुझाइसकेको बताउनुभयो । 

सबै मन्त्रीले साढे दुई महिनामा नै विवरण बुझाइसकेकाले सार्वजनिक गर्ने जिम्मा प्रधानमन्त्री कार्यालयको भएको उहाँको भनाइ थियो । मन्त्री घिसिङले सुशासनका विषयमा आफूहरु कटिबद्ध रहेकाले कुनै पनि बहानामा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया