पश्चिम नवलपरासीको एक उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु

फाईल फोटो  

पुस १७, २०८२ | परासी

पश्चिम नवलपरासीको एक उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु भएको छ । बर्दघाट नगरपालिका १२ स्थित कजरिया टायल्स उद्योगमा कार्यरत मजदुरको मृत्यु भएको हो ।

 जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख अनुपम श्रेष्ठका अनुसार मृत्यु हुनेमा बर्दघाट नगरपालिका १३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगणका ३० वर्र्षीय विनोद कुमार छन् ।

उद्योगको ग्यासीफायरमा सुतिरहेको अवस्थामा गएराति मृत फेला परेको र आवश्यक अनुसन्धानको लागि फरेन्सिक परिक्षणका लागि पठाउन लागिएको प्रहरीले जनाएको छ ।

घटना गएरातिको भएपनि प्रहरीलाई बिहान मात्रै खबर गरेको भन्दै मृतकका आफन्तीले घटना शंकास्पद भएको बताएका छन् । घटना बारे आफन्तलाई समयमा नै खबर नभएको भन्दै उद्योग परिसर अगाडि उनीहरुले विरोध गरेका छन् । 


प्रतिक्रिया