निर्वाचन सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न आयोग प्रतिबद्द छ : रामप्रसाद भण्डारी
पुस १९, २०८२ | काठमाडौं
फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त निर्वाचन हुनेमा निर्वाचन आयोगले विश्वस्त हुन आग्रह गरेको छ । निर्वाचनको सुरक्षालाई लिएर आंशका गरिएका अभिव्यक्ति आइरहेका बेला आयोगले निर्वाध रुपमा शान्त, स्वच्छ र भयमुक्त चुनाव हुने जनाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले निर्वाचन सुरक्षित र भयरहित वातावरण गर्न आयोगले कुनै कसर बाँकी नराख्ने दाबी समेत गर्नुभयो । रेडियो कान्तिपुरको प्रभातकालिन नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै कार्यवाहक आयुक्त भण्डारीले मतदाताको सुरक्षाको जिम्माका लागि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।








