सुमन सायमी नेकपामा समाहित

रेडियो कान्तिपुर संवाददाता

पुस ३०, २०८२ | काठमाडौं

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच एकता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा र वरिष्ठ उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहबीच एकता गरिएको हो ।

दुईपक्ष बीच शासकीय स्वरुप निर्वाचन प्रणालीमा जनमुखी सुधार गर्न आवश्यकता अनुसार संविधान संशोधन गर्ने सहमति भएको छ । आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा जुटेसँगै सायमीले नेकपालाई रोज्नुभएको हो ।

पछिल्लो समय राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष रहेका सायमी स्थानीय मुद्दा र संस्कृति बचाउन काठमाडौंका रैथानेमाझ चर्चित मानिनुहुन्छ । 


प्रतिक्रिया