चुनावी अभियानका क्रममा सभापति थापा सर्लाहीमा

रेडियो कान्तिपुर संवाददाता

माघ १२, २०८२ | काठमाडौं

नेपाली कांग्रेसका सभापति गगन थापा चुनावी अभियानका क्रममा आज सर्लाही पुग्नु भएको छ । सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवरा बन्नु भएका थापा चुनावी अभियानका क्रममा सो क्षेत्रमा पुग्नु भएको हो ।

 यसअघिको २०७९ को प्रतिनिधिसभा निर्वाचनमा थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनु भएको थियो । यसैबीच, सभापति थापाले देशलाई जोड्न आफु मधेस जान लागेको बताउनुभएको छ । 

 काठमाडौं–४ का मतदातालाई सम्बोधन गर्दै थापाले आज एक भिडियो सन्देश जारी गर्दै आफू देशलाई जोड्न मधेस जान लागेको बताउनुभएको हो । माघ ६ मा वारेस मार्फत मनोनयन दर्ता गर्नुभएका सभापति थापा आज सर्लाही–४ पुग्नुभएको हो । तीन दिन सम्म सो क्षेत्रमा रहनु हुने थापाले मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया