हिमाली जिल्लामा चिसो बढेमा दोस्रो चरणमा निर्वाचन हुन सक्ने

रेडियो कान्तिपुर संवाददाता

माघ २०, २०८२ | काठमाडौं

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचनमा हिमाली जिल्लामा अत्यधिक चिसो बढेमा दोस्रो चरणमा निर्वाचन हुन सक्नेबताउनु भएको छ ।

पूर्वी नवलपरासीमा राष्ट्रिय सेवादल (एनसिसी) द्वारा आयोजित तालिम समापन समारोहमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हिमपात भएमा दोश्रो खण्डमा चुनाव हुन सक्ने बताउनुभयो । 

ती क्षेत्रमा सरकारले सहज तरिकाले निर्वाचन सम्पन्न गराउन तयारी गरिरहेको उहाँको भनाइ थियो । निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा हुने भन्दै उहाँले आफूहरुको ध्यान निर्वाचनमा मात्र केन्द्रित भएको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री कार्कीले अहिले विशेष अवस्थामा निर्वाचन हुन लागेको बताउँदै निर्वाचनमा करिब ३० देखि ३२ अर्ब रुपैया खर्च हुने बताउनुभयो । 


प्रतिक्रिया