मनाङमा एक सातापछि पुनः हिमपात
माघ २०, २०८२ | लमजुङ
हिमाली जिल्ला मनाङमा एक सातापछि पुनः हिमपात भएको छ । माथिल्लो मनाङको ढिकुरपोखरीदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।
मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार बिहान मौषम खुलेपनि दिउँसोबाट हिमपात सुरु भएको हो । हावानचलेका कारण हिमपातबाट जनजीवन प्रभावित नभएको हाम्रा सहकर्मीले जनाएका छन् ।
१८ जना विदेशी पर्यटक थोराङ्लातर्फ गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका लेखापाल उमाकान्त सापकोटाले जानकारी दिनुभयो । हिमपात भएकाले पर्यटकलाई जोखिम अवस्थालाई मध्यनजर राखेर सुरक्षित तवरले गन्तव्यमा जान आग्रह गरिएको छ ।










