चुनावी एजेन्डा र घोषणापत्र फागुन पहिलो साता ल्याइने : बालेन्द्र शाह

रेडियो कान्तिपुर संवाददाता

माघ २०, २०८२ | काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह चुनावी अभियानका क्रममा झापा पुग्नुभएको छ । आगामी निर्वाचनमा झापा क्षेत्र नम्वर ५ बाट प्रतिस्पर्धा गर्न लागेका शाहले मतदातासँग प्रत्यक्ष सम्वाद गर्नुभएको छ । 

आम नागरिकको प्रश्नलाई वेवास्ता गरेको र सार्वजनिक सरोकारको बिषयमा सम्वाद नगरेको भन्दै आलोचना खेपिरहेका शाहले आज भने मतदाताले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । 

काठमाडौंको मेयर हुँदा सुकुमबासी बस्ती हटाउन खोजेको बिषयबारे सोधिएको प्रश्नमा उहाँले काठमाडौंको भन्दा झापाको सन्दर्भ फरक रहेको बताउँदै डोजर नलाग्ने आश्वासन दिनुभयो ।

 रास्वपाका वरिष्ठ नेता शाहले चुनावी एजेन्डा र घोषणापत्र फागुन पहिलो साता ल्याइने बताउनुभयो । निर्वाचनका लागि उम्मेदवार दिएपछि पूर्वी पहाडका केही जिल्लाको भ्रमण गरेपश्चात् वरिष्ठ नेता शाह दोस्रो पटक झापा पुग्नुभएको हो । 


प्रतिक्रिया