एकैचरणमा निर्वाचन हुने प्रधानमन्त्री कार्कीको भनाइ

रेडियो कान्तिपुर संवाददाता

माघ २२, २०८२ | काठमाडौं

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको अनुगमनपछि सञ्चारकर्मीसँग प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा हुने भन्दै सबैलाई निश्चिन्त रहन आग्रह गर्नुभएको हो । 

निर्वाचनका बेला सबै भूगोलमा मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै उहाँले सबै मतदाताले निर्वाध रुपमा मतदान गर्न पाउने बताउनुभयो । उहाँले निर्वाचनपछि निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गरी आफूहरू घर फर्किने उल्लेख गर्नुभयो ।

 यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुने बताउनुभएको छ । हिमाली जिल्लामा हिमपात भएमा पुनः मतदान गर्न सकिने भन्दै गृहमन्त्री अर्यालले निर्वाचन एकै चरणमा गरिने बताउनुभएको हो । काठमाडौंमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निर्धारित मितिमा निर्वाचन गर्नुको विकल्प नभएको बताउनुभयो ।


प्रतिक्रिया