निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन प्रतिबद्ध छौँ : नेपाली सेना
फाल्गुन १७, २०८२ | काठमाडौं
नेपाली सेनाले निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै निर्वाचन सुरक्षाका काम एकीकृत सुरक्षा योजना अनुसार सञ्चालन भइरहेको समेत जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि सेनाको टोली मतदानस्थलको तेस्रो घेरामा रहने गरि सुरक्षा रणनीति तय भएको सेनाको भनाइ छ । विगतका निर्वाचनदेखि नै मतपेटिका सुरक्षित रुपमा मतगणना स्थलसम्म पु¥याउने जिम्मेवारी निर्वाह गर्दै आएको नेपाली सेनाले जनाएको छ ।









