लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा गोलाबारी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३०, २०८२ | काठमाडौं

लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा गोलाबारी भएको विवरण प्राप्त भएको छ । लेबनानको दक्षिणी शहर माइस अल–जाबलमा रहेको शान्ति मिसनको बेसमा गोलाबारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 यसैबीच, नेपाल सेनाले गोलाबारी भएको पुष्टि गर्दै घटनामा सामान्य क्षति भएको बताएको छ । रेडियो कान्तिपुरसँग कुरा गर्दै सेनाका प्रवक्ता राजाराम बस्नेतले लेवनानमा रहेका शान्ति सेनालाई सुरक्षित रहन निर्देशन दिइएको नेपाली सेनाको भनाइ छ । थप घटना केही भएमा पूर्व तयारीका लागि व्यवस्था गर्न समेत भनिएको बताउनुभयो ।

नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा भएको आक्रमणबारे इजरायली सेनाले भने कुनै पनि प्रतिक्रिया नजनाएको समाचार जनाइएको छ । 


प्रतिक्रिया