पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

रेडियो कान्तिपुर संवाददाता

चैत्र १४, २०८२ | काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने भएको छ । आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारले प्रतिशोध साँधेको निश्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताउनुभयो ।

बैठकले आज हरेक जिल्ला सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने भोलि १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।

 लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलसँग संवाद र सहकार्य तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने एमालेको निर्णय छ । बैठक अघि एमाले नेता प्रदिप ज्ञवालीले सरकार प्रतिशोधपूर्ण व्यवहारमा उत्रिएको आरोप लगाउनुभयो । यसअघि सचिव महेश बस्नेतले कार्की आयोगको प्रतिवेदन खोट पूर्ण भएको भन्दै यसकालागि पार्टीले देशव्यापी प्रदर्शन गर्ने बताउनुभयो ।


प्रतिक्रिया