कारबाही प्रतिशोध नभएर न्यायको सुरुवात हो : गृहमन्त्री गुरुङ
चैत्र १४, २०८२ | काठमाडौं
गृहमन्त्री सुधन गुरुङले देशले अब नयाँ दिशा लिने बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्दै पूर्व प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक पक्राउका विषयमा कानुन भन्दा कोही पनि माथि नहुने भन्दै न्यायको सुरुवात भएको उल्लेख गर्नु भएको हो ।
उहाँहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको विषयलाई प्रतिशोधका रुपमा नबुझ्न पनि आग्रह गर्नु भएको छ । उहाले फेसबुकमा लेख्नु भएको छ– पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’








