ओली पक्राउपछि देशभरका प्रमुख शहरहरुमा प्रदर्शन

रेडियो कान्तिपुर संवाददाता

चैत्र १४, २०८२ | काठमाडौं

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै एमालेका भ्रातृ संगठनहरु र समर्थकहरु काठामाडौलगायत देशभरका प्रमुख शहरहरुमा प्रदर्शनमा उत्रिएका छन् । 

काठमाडौंको भृकुटीमण्डप, माइतिघर मण्डला,बबरमहल र पार्टी केन्द्रीय कार्यालय च्यासलसहित देशभरका विभिन्न स्थानमा एमाले निकटका युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । सडक संघर्षमा उत्रिएका एमाले कार्यकर्ताको प्रदर्शनका कारण केहीबेर सो क्षेत्र तनावग्रस्त बनेको थियो । प्रदर्शनका क्रममा

पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गरिएकोमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु देशभर प्रदर्शनमा उत्रिएका छन् । यस्तै हेटौंडामा एमालेका नेता–कार्यकताहरुले विरोध जुलुस निकालेका छन् । यसैबिच सप्तरीको राजविराज बजारमा पनि एमाले नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् । 

उनीहरुले सरकार विरुद्ध चर्को नाराबाजी गर्दै पार्टी अध्यक्ष र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् । यस्तै चितवन भरतपुरको चैबिसकोठी चोकमा एमालेमा आबद्ध विभिन्न संघ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । 

प्रदर्शनमा एमाले युवा संघ, विद्यार्थी संगठनलगायतका संगठनका प्रमुख, प्रतिनिधिहरु तथा पार्टीका नेताहरु सहभागी भएको हाम्रा सहकर्मीले जनाएका छन् ।त्यस्तै,बुटवलमा समेत प्रर्दशन भएको छ । 

यस्तै, नेकपा एमालेले धनकुटा, झापा, विराटनगर लगाययतका सहरमा समेत पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै त्यसको विरोध गरेको छ । यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा एमालेले अध्यक्ष पक्राउको विरोधमा प्रदर्शन गरेको छ । 


प्रतिक्रिया