ओली र लेखकको पक्राउ नयाँ सरकारको अपरिपक्व निर्णय : पूर्व राष्ट्रपति भण्डारी

रेडियो कान्तिपुर संवाददाता

चैत्र १४, २०८२ | काठमाडौं

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु नयाँ सरकारको अपरिपक्व निर्णय भएको बताउनुभएको छ ।

गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेनदन कार्यान्वयन गर्न भन्दै सरकारले लेखक र ओलीलाई पक्राउ गरेपछि भण्डारीको प्रतिक्रिया आएको हो । कार्की आयोगको प्रतिवेदन पूर्ण नभएको अध्ययनहरुले देखाएको सन्दर्भमा ओली र लेखकलाई पक्राउ गरिनु संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको उहाँको भनाइ छ ।

सरकारले गरेको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरुसँग मेल नखाने भण्डारीले बताउनुभएको छ । आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुने भण्डारीको भनाइ छ ।


प्रतिक्रिया